Thaha

Saturday 18 May - 10:25 am NST

नेपाली क्रिकेट टोलीले आज अफगानिस्तानसँग  अभ्यास खेल खेल्ने

काठमाण्डाँै, २७ पुस । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको अभ्यासका क्रममा नेपालले आज अफगानिस्तानसँग खेल्नेछ । खेल भारतको दिल्लीमा हुनेछ । यसअघि भारतको हिमाञ्चल प्रदेशमा भएको तीन अभ्यास खेलमा नेपालले दुई खेल जितेको थियो भने एक खेलमा हार बेहोरेको थियो ।  बङ्गलादेशमा आगामी माघ ८ गतेदेखि सञ्चालन हुने १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षण र अभ्यासका लागि दिल्लीमा छ । विश्वकपमा नेपालसहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।